सुकुम्बासी समस्या सामाधान गर्न निजगढ नगरपालिकालाई ज्ञापन पत्र

साझेदारी दैनिक
533 पाठक संख्या

साझेदारी संवाददाता/

सुकुम्बासी समस्या समाधानमा निजगढ नगरपालिका उदासिन भएको सुकुम्बासी संघर्ष समिती निजगढका संयोजक बेनि बहादुर मोक्तानले बताउनुभएकोछ ।

सुकुम्बासी संघर्ष समिति निजगढले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धि समस्या समाधानको विषयमा निजगढ नगरपालिकाले प्रक्रिया अघि बढाउन नसक्दा निजगढ नगरपालिका भित्रका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरुमा समस्या समाधान कहिले हुने हो भन्ने विषयमा अन्यौलता सृजना भएको जनाएको छ ।

पटक पटक नगर प्रमुख सुरथ पुरिलाई भुमी सम्बन्धि समस्या समाधानकालागी आग्रह गरेपनी बेवास्ता गरेपछी बाध्य भएर संघर्षको कार्यक्रमहरु गर्न परेको सुकुम्बासी संघर्ष समिती निजगढका संयोजक बेनि बहादुर मोक्तानले बताउनुभयो ।

समितिले पत्रकार सम्मेलन मार्फत संघर्षको कार्यक्रमहरु घोषणा गरेकोहो । संयोजक बेनि बहादुर मोक्तानले घोषणा गर्नुभएको कार्यक्रम अन्तर्गत असोज १९ गतेदेखी २४ गतेसम्म दैनिक आधा घन्टाको दरले समय वृद्धि गर्दै नगर कार्यपालिका कार्यालयको प्रवेश द्वारमा शान्तिपूर्ण धर्ना दिईने कार्यक्रम रहेको छ ।

भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धि समस्या समाधान गर्न दबाब दिने उद्धेश्यले गत असोज ९ गते मोक्तानको संयोजकत्वमा उक्त संघर्ष समिती गठन भएकोथियो ।

संघर्ष समितिले यसअघि सुकुम्बासी समस्या समाधानको माग सहित निजगढ नगरपालिका प्रमुख,उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो ।

तर नगरपालिकाको तर्फबाट सुकुम्बासी समस्या समाधानकोलागी कुनैपनी प्रयास नभएपछि सुकुम्बासी संघर्ष समितिले बाध्य भएर दोस्रो चरणको संघर्षको कार्यक्रम गर्नुपरेको सन्योजक मोक्तानको भनाई रहेको छ ।

दोस्रो चरणको संघर्षको कार्यक्रम मार्फत पनि नगरपालिकाले चासो नदिए संघर्षका थप दबाबमुलक कार्यक्रम गरिने मोक्तानले बताए ।

Leave a review

This will close in 0 seconds