घण्टीमाई साकोसका पदाधिकारीहरुले पद तथा गोपनियताको सपत ग्रहण गरे

रञ्जन यादव
612 पाठक संख्या

रञ्जन यादब/

घण्टीमाई बचत तथा ऋण सहकारी सँस्थाको ११ औँ साधारण सभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई साकोसको नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत डम्बर खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ –किशान)ले उद्घाटन गरे ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा कोपिला सिम्खडा, उपाध्यक्षमा भुवप्रसाद ढकाल, सचिवमा त्रिलोक विक्रम शाह, सहसचिवमा सुकदेव सिम्खडा र कोषाध्यक्षमा कमल पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा तोयनाथ लुइटेल, माधवप्रसाद सापकोटा, रुद्रप्रसाद खतिवडा, प्रेमकुमारी ढकाल, सुशिला खनाल अधिकारी, सुधा ओली, पुनम कुमारी चौधरी र निल सिग्देल खड्का निर्विरोध निर्वाचित भएका थिए ।यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजकमा नवराज न्यौपाने, सदस्यहरुमा सविता तिवारी र जानुका भण्डारी निर्वाचित भएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व साँसद सुन्दर विश्वकर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका सहकारी शाखा अधिकृत सुधन चौधरी लगायतले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन अस्मिता शर्माले गरेकी थिईन् ।

 

Leave a review