नेता मिश्राको पहलमा खानेपानीको सुविधा

साझेदारी दैनिक
238 पाठक संख्या

करण कुमार मिश्र/

रौतहट वृन्दावन नगरपालिका–१ का बासिन्दाले शुद्ध खानेपानी उपभोग गर्न थालेका छन् ।

खानेपानीको पाइप जडान नहुँदा वर्षौदेखी त्याँहाका बासिन्दा शुद्ध खानेपानीको अभावमा आरसेनिक अर्थात दुषित पानी खान बाध्य हुँदै आएका थिए ।

तर कांग्रेसका युवा नेता एवम् नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका सदस्य धिरज कुमार मिश्राको विशेष पहल र सक्रियतामा खानेपानीको पाइप जडान भएपछि वृन्दावन नगरपालिका– १ रमौली बैरिया,बैराठ्पुर टोलका बासिन्दा शुद्ध खानेपानी उपभोग गर्न पाएका छन् ।

गाउ घरको समस्याप्रति सधै चासो राख्दै आएका युवा नेता मिश्राले आफनै नेतृत्वमा खानेपानी आयोजनाको ५ सय मिटर खानेपानी पाइप बिच्छ्याउने कार्य गरेका छन्।

गाउँभरी ५ सय मिटर पाइप बिच्छ्याउने कार्य सम्पन्न गरी उनले विश्रामपुरमा खानेपानीको सुविधा उपलब्ध गराउन सफल भएका छन् ।

पाइप बिच्छयाउन जनप्रतिनिधि वा गाउँका कुनै राजनीतिक दलका नेताले चासो नलिएपछि आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै आफुले आफनै नेतृत्वमा पाइप बिच्छयाउने काम सम्पन्न गरेपछि गाउँबासी खानेपानीको सेवा उपभोग गर्न थालेको उनले बताए ।

खानेपानीको अभावमा स्थानीयहरुले दुषित पानी खान बाध्य रहेको अवस्थामा आफुले शुद्ध खानेपानीको सुविधा उपलब्ध गराएको र यसले मानव स्वास्थ्यमा विभिन्न प्रकारको रोग लाग्नबाट बचाउने उनले बताए । नेता मिश्रा पछिलो समय सामाजिक कार्यमा अग्रसर रहदै आएका छन् ।

Leave a review