बारा । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले गएराति काठमाडौंको महाराजगञ्जस्थित जबराको निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन। विस्तृत विवरण आउन बाँकी छ ।


