प्रविधिको प्रयोग,खेतिहर मजदुर पाउन मुश्किल

राम मण्डल
302 पाठक संख्या

कृषि कार्यमा पछिल्लो समय प्रविधिको प्रयोग बढदै गएको छ । जस्को कारण किसानहरु प्रविधिको प्रयोग गर्दै गइरहेका छन् । कृषि कार्यमा प्रविधिको प्रयोगबाट मेशिनले काम गर्दा छिटो छरितो हुने गरेकोले किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

अर्कोतर्फ गाउँघरमा खेतमा काम गर्ने खेतिहर मजदुर पाउन छाडेको छ । जसले गर्दा किसानहरु मेशिनले नै काम गराउन थालेका छन् । भर्खरै सम्पन्न धान काटनेदेखि भित्राउने सम्मको लागि किसानहरुले मेशिनको प्रयोग गरिरहेका छन् । प्रविधिको विकासले गर्दा अधिकांश कामहरु म्ेशिनबाट हुदै आएको छ । मानिसले गर्ने कामहरु म्ेशिनबाट हुने गरेको छ ।

मेशिनले गर्ने काम मानिसहरु भन्दा छिटो छरितो हुने भएकाले पनि प्रबिधिप्रति मानिसहरुको आकर्षण बढदै गएको छ । अहिले भर्खरै सकिएको धानको कटनीदेखि लिएर धान घरमा भित्राउने सम्मको कार्यमा किसानहरुले मेशिनको प्रयोग गरेका छन् ।किसानहरुले थ्रेसर,कम्पाईन मेशिन,रिपर ईत्यादिको प्रयोगले धानको कटनी गरेको किसानहरु बताउछन् ।

सजिलै खेतमा काम गर्ने खेताला नपाउने गरेकाले पनि किसानहरुले समेत प्रबिधिको माध्यमले मेशिनबाट खेतीको काम गर्ने गरेका छन् ।धान काट्ने मानिस नपाउनु तथा मेशिनले छिटै काम भईहाल्ने भएकाले यसपालि धान काटनेदेखि लिएर भित्रयाउनेसम्मको लागि कम्पाईन मेशिनको प्रयोग गरेको पर्सा पटेर्वा सुगौलीका किसान जगतनारायण पञ्जियारले बताए ।

गाउँघरमा जति खोजेपनि खेतमा काम गर्ने मानिसहरु पाउन मुश्किल हुदै गएको किसानहरुले बताएका छन्। धान काट्नको लागि मानिस खोजेको भएपनि नपाउदा आफैले काट्नु परेको तथा त्यसपछि भने थ्रेसर मेशिनले दाई गराई धान भित्राएको वीरगञ्ज महानगरपालिकाका किसान पन्नालाल कुशवाहाले जानकारी दिए ।

मेशिनको प्रयोगले अहिले प्रायः गरी गाउँघरका हरेक मानिसहरुले नै खेती गर्ने गरेका छन् ।यसलाई प्रविधिको विकास भएको भनिएसँगै अर्कोतर्फ गाउँघरमा भएका युवा हरु काम नपाएर बिदेश गएको कारणले मजदुर नपाउने गरेको किसानहरु बताउँछन ।

मेशिनको प्रयोगले धानको कटाई गरी भित्राएको भएपनि मेशिनको प्रयोगले हुने काममा किसानलाई घाटा हुने गरेको पर्सा जगरनाथपुर गाउँपालिकाका किसान समिम गद्दीको भनाई छ ।कृषि कार्यमा पछिल्लो समय प्रबिधिको विकासले कामलाई छिटो छरितो सँगै सहज समेत बनाएको छ ।तर यसले कृषि काम गरि ज्याला मजदुरी गर्नेहरुको भने काम खोसेको छ ।

Leave a review

This will close in 0 seconds