चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

संदिप प्रसाद यादव
199 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बारा मातहत अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाले चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्ला अदालत कलैयाबाट चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ दण्ड सजाय तोकिएका कलैया ९ का राजकुमार कहारलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई बारा जिल्ला अदालतमा दाखेल गरेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds