मधेश प्रदेशद्धारा प्रस्ताबित बन ऐन र बन नियमावली मस्यौदा माथि छलफल

रञ्जन यादव
396 पाठक संख्या

रौतहट जिल्लाको चन्द्रपुरमा मधेश प्रदेशद्धारा प्रस्ताबित बन ऐन र बन नियमावली मस्यौदा माथि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

साझेदारी बन उपभोक्ता महासंघ,मधेश प्रदेशको आयोजनामा डिभिजन बन कार्यालय,रौतहटको सभाहलमा कार्यक्रम भएको हो ।

प्रस्ताबित बन ऐन र बन नियमावलीमा थप्नु पर्ने र हटाउँनुपर्ने बिषय बस्तुमाथि छलफल भएको साझेदारी बन उपभोक्ता महासंघ,मधेश प्रदेशको अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए।

साझेदारी बन उपभोक्ता महासंघ,मधेश प्रदेशको अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा साझेदारी बन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद चौधरी,डिभिजन बन कार्यालय बाराका प्रमुख बिनोद सिँह,डिभिजन बन कार्यालय सर्लाहीका प्रमुख मञ्जुर अहमद,डिभिजन बन कार्यालय पर्साका प्रमुख सुबाश दास,डिभिजन बन कार्यालय महोत्तरीका प्रमुख सन्तोष कुमार झा,डिभिजन बन कार्यालय रौतहटको बन अधिकृत अनिल कुमार महत्तो,गढीमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रामएकवाल साह तेली,हलखोरिया साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष बिकल्प भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Leave a review