बारा प्रहरीले २६ किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बिहीबार प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चौक स्थितमा हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बा ४ च ५२७ नम्बरको कार रोकी चेक जाँच गर्ने क्रममा २६ किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कारको सिट मुनि लुकाई छिपाई राखिएको २६ किलो लागू औषध गाँजा समेत प्रहरीले बरामद गरेको हो ।
पक्राउ पर्नेमा कार चालक देश भारतको बिहार राज्य,सुमौली बस्ने अन्दाजी ३० वर्षीय दिपक चन्द्र देव र कारमा सवार मकवानपुरको राकसिराङ्ग नगरपालिका – २ बस्ने अन्दाजी २८ वर्षीय अन्जन शाह रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
उक्त गाडी र दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले बताए ।

