भारतीय महावाणिज्य दूतलाई बारामा स्वागत

साझेदारी दैनिक
411 पाठक संख्या

नेपाल भारत मैत्री संघ मधेश प्रदेश द्वारा वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदूत लाई स्वागत गरिएको छ ।

बाराको कलैयामा महावाणिज्य दुत देवि सहाय मिनालाई एक कार्यक्रम वीच स्वागत गरिएको हो ।

महावाणिज्य दुत मिनाले रोटी बेटीको सम्बन्धलाई कायम राख्ने जनाउदै नेपालीले बोर्डरमा कुनै किसिमको समस्या भोग्न नपरोस भनेर मटिअर्वा बोर्डर अवलोकन समेत गरेका हुन् ।

नेपाल सरकारसंग समन्वय गरि बन्द रहेको नाका खोलाउन पहल गरिने महावाणिज्य दुतले जनाए ।

भौतिक,संस्कृतिक,धार्मिक हिसावले भारतसंग जोडिएको सम्बन्धलाई कायम गरिने उनले जनाए । बन्द रहेको नाका चाडै खोलाउन पहल गर्नु पर्ने सो कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले आग्रह गरेका छन् ।

बन्द रहेको नाकाले सर्वसाधारणलाई बिहेवारी,उपचार लगायतको कार्यमा समस्या भोग्दै आएको उनले बताएका हुन् ।

नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष रणधीर सिहको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा भारतीय महावाणिज्य दुत देवि सहाय मिना, भारतीय महावाणिज्य कन्सुलर शषी भुषण कुमार,नेपाल भारत मैत्री संघका पुर्व केन्द्रीय अध्यक्ष राजकुमार सिन्धी,मधेश प्रदेश सचिव पवन अग्रवाल, नेपाल भारत मैत्री संघ बाराका अध्यक्ष हिरालाल साह,सल्लाहकार जङ्गबहादुर यादव,विजय जैयसवाल,रामबाबु कुशवाहा,सुरेश मोदक,धनिलाल सरार्फ, प्रेस संगठन नेपाल बाराका अध्यक्ष एवम एभिन्युज टेलिभिजन र राजधानी दैनिकका अजय साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत देवेन्द्र गिरी र संचालन किशोरी रामको थियो ।

Leave a review

This will close in 0 seconds