बारा प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ

रञ्जन यादव
218 पाठक संख्या

बारा प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढ र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने वर्ष ४३ को जय शंकर प्रसाद यादव, वर्ष २४ को मनिष कुमार साह,निजगढ नगरपालिका वडा नं.८ बुद्ध चोक बस्नै वर्ष २० को विवेक मोक्तान,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया बस्ने वर्ष २० को सागर तामाङलाई प्रतिबन्धित लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका हुन्‌ ।

ईलाका प्रहरी कार्यालय सिमरा बाट खटेको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बाट प्र.२–०३–०१६ प ०८८८ नं.को मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको फेनरागन– २१६ पिस,डाईजेपाम ३०३ पिस,बुप्रो नोर्फिन ३०० पिस सहित जय शंकर प्रसाद यादव र मनिष कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढ बाट खटेको गस्ती टोलीले निजगढ नगरपालिका वडा नं.९ शहिद चोक स्थित बजार बाट ट्रमनिल १८ पत्ता १८० ट्याबलेट प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका ४ जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन ।

Leave a review