पर्सा निवासी नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुराग द्विबेदी राजनीतिमा प्रवेश गरेका छन् ।
उनी जनमत पार्टीमा प्रबेश गरेका हुन् ।उनी मंगलबार काठमाण्डौंमा पार्टी प्रबेश गरेका हुन ।उनलाई पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।
एसएसपीहरुको डिआईजीमा बढुवा सूचिमा नपरेपछि उनले राजिनामा दिएका थिए ।मधेसी समुदायको भएका कारणले बढुवा नभएको भन्दै द्विवेदीले असन्तुष्टि जनाएका थिए ।
त्यसपछि उनले नेपाल प्रहरीको सेवाबाट राजिनामा दिएका हुन ।द्विवेदी नेपाली काँग्रेस पर्साका पुर्ब सभापति अजय द्विवेदीका आफन्त समेत हुन् ।


