अवैध उत्खनन,बालुवा तस्करी गर्ने सातवटा ट्रयाक्टर नियन्त्रणमा

राम मण्डल
455 पाठक संख्या

ठेक्का लाग्न नसकेका पर्साका खोलाहरुबाट गिट्टी बालुवाको तस्करी भईरहेको छ ।

स्थानीय तहहरुले समयमा नै ठेक्का नलगाउदा तस्करहरुले खोलाहरुबाट गिट्टी बालुवाको तस्करी गरिरहेको पाइएको छ ।

पर्साको पर्सागढी नगरपालिका र वीरगञ्ज महानगरपालिका अन्र्तगत पर्ने भेडाहा खोलाबाट दिनदहाडै अबैध रुपमा बालुवा निकालिरहेको भेटिएको छ ।

भेडाहा खोलाबाट बालुवा निकालिरहेको अवस्थामा प्रहरीले दुई दिनको अवधिमा सातवटा ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको छ ।

पर्सागढी नगरपालिका–३ स्थितमा रहेको भेडाहा खोलामा अबैध रुपमा बालुवा उत्खनन् गरिरहेको सूचनाको आधारमा दुई वटा ट्रयाक्टर शुक्रबार विहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी मिलन चौकबाट खटिएको प्रहरी टोलीले दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

खोलाबाट चोरेर वालुवा लोड गरिएको ना ७ त ६२७८ र ना ७ त ३७७२ नम्बरको ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यस्तै बिहीबार पनि सोही खोलाबाट अबैध रुपमा बालुवा लोड गरेको पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।

भेडाहा खोलाबाट अवैध रुपले गिट्टी बालुवा उत्खनन् गरी लैजादै गरेको अवस्थामा मिलनचोक प्रहरीको टोलीले पाँच वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।

ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५,ना ७ त १२९६,प्र २–०३–००१–४७४७ नम्बरको ट्रयाक्टरहरु प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।यसरी भेडाहा खोलाबाट दिनदहाडै बालुवा तस्करहरुले बालुवाको खुलेआम चोरी तस्करी गरिरहेका छन् ।

सम्बन्धित स्थानीय निकायहरुले खोलाबाट बालुवाको तस्करी रोक्ने अथवा खोलाको ठेक्का लगाउने भन्ने बारेमा कुनै कारवाही अघि बढाउन नसकेको अवस्था रहेको छ ।

Leave a review