देशका विभिन्न स्थानसंगै बारा र पर्सामा पनि मनाईयो अग्रेजी नयाँ बर्ष

साझेदारी दैनिक
405 पाठक संख्या

सोवारदेखी अग्रेजी नयाँ बर्ष शुरु भएको छ । सोमवार नेपाल सहित विश्वभर अग्रेजी सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ लाई स्वागत गरिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

इस्वी संवतको नयाँ वर्ष शुरु भएसंगै नेपालीसहित विश्वभरका मानिसहरुले एक आपसपमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका छन ।

ग्रेगोरियन पात्रोअनुसार जनवसन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । विशेष गरी यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले ग्रेगोरियन पात्रो भन्ने चलन छ ।

अग्रेजी नयाँ बर्षको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम तथा रमाईलो गरेर मनाउने चलन बढ्दो छ । शुभकामना आदानप्रदान,सांगीतिक प्रस्तुती,साथीभाई भेटघाट लगायतका विभिन्न कार्यक्रमहरु गरेर अग्रेजी नयाँ बर्ष हर्सोल्लाहका साथ मनाउन गरिन्छ । योबर्ष पनि नेपालका विभिन्न स्थानहरुमा उल्लासका साथ अंग्रेजी नयाँ बर्ष मनाएका छन ।

देशका विभिन्न स्थानसंगै बारा र पर्साका विभिन्न स्थानहरुमा पनि सोमवार मानिसहरु भेला भएर अग्रेजी नयाँ बर्ष मनाएका छन ।

बाराको सिम्रौनगढ,महागढीमाई,उत्तरी क्षेत्रका कोल्हव,तामागढी,काँटघाट लगायतका स्थानहरुमा नयाँ बर्ष मनाउन मानिसहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds