औराहाको सामुदायिक बन उपभोक्ता समुहमा कस्ले मार्ला बाजी

साझेदारी दैनिक
452 पाठक संख्या

कलैया : बाराको सिमरा,औराहामा रहेको प्रगतिशिल सामुदायिक बन उपभोक्ता समुहको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको उक्त उपभोक्ता समुहको नयाँ नेतृत्वका लागि यही बैशाख १८ गते निर्वाचन हुँदैछ ।

नयाँ नेतृत्वका लागि छुट्टा छुट्टै दुई समुहले प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन । समुहको अध्यक्ष पदमा अमिताभ चौधरी र सन्तोष दाहालले प्यान नै खडागरेर लड्ने भएका छन । चौधरी र दाहालवीच विचमा प्रतिष्पर्धा हुँदैछ भने दुबै समुह प्यानल सहित चुनाव लड्ने भएका हुन ।

यी दुवै समुहलाई निर्वाचन समितिले चुनाब चिन्ह समेत दिई सकेको छ । निर्वाचन समितिले चौधरी समुहलाई बाँघ र दाहाल समुहलाई हात्ति चिन्ह दिएको छ । चिर्वाचन चिन्ह पाएपछि दुवै समुहहरुले सार्वजनिक रुपमा नै मत मागिरहेका छन ।

बन समुहमा यसरी दुई समुहले प्यान बनाएर लड्नुले यसमा राजनीतिक रुप पाएको धेरैको बुझाई छ । स्थानीयहरुले चौक चौराहमा गरेको कुराकानीको आधारमा भन्नु पर्दा अमिताभ चौधरी समुहलाई नेकपा एमालेका उम्मेदवार भन्ने गरिएको छ भने । सन्तोष दाहाल समुहलाई माओबादी र काँग्रेसको साथ रहेको सुन्ने गरिन्छ ।

सो क्षेत्रका कुल १ हजार ७ सय ५६ जना उपभोक्ता मतदाता रहेको यस साुमदायिक बन समुहको निर्वाचनको मतदान औराहा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हुने निर्वाचन समितिका संयोजक रमेशप्रसाद खरेलले जानकारी गराएका छन ।

Leave a review