वीरगञ्जमा बुधबार राति दस बजेसम्म निषेधाज्ञा स्थगित

साझेदारी दैनिक
498 पाठक संख्या

रौतहटमा भएको विवादलाई लिएर वीरगञ्जमा बितेको सोमबारदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा (कर्फयु) स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी वीरगञ्जमा लगाइएको कर्फयु स्थगित गरेको जनाएको हो । उसले बुधबार राति १० बजेसम्मको लागि स्थगित गरिएको जानकारी दिएको छ ।

त्यस अघि प्रशासनले विहान ६ बजेदेखि ११ बजेसम्म कर्फयु खुल्ला गरकोमा फेरि कर्फयुलाई राति दस बजेसम्मको लागि खुल्ला गरिएको हो ।

सर्व साधारणको सुविधालाई दृष्टिगत गरी हाललाई मिति २०८० साल फाल्गुन नौ गते बुधवार विहान ११ बजेदेखि वेलुकी १० वजेसम्मका लागि कर्फ्यू आदेश स्थगित गरिएको प्रशासनले जनाएको हो । रौतहटमा मूर्ति बिसर्जनलाई लिएर भएको बिबादलाई लिएर सोमबार वीरगञ्जमा तनाव उत्पन्न भएको थियो ।

यसपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फयु लगाउदै आएको छ ।प्रशासनले वीरगञ्जको पूर्बमा नगवा,पश्चिममा तिलावे पुल,उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल क्षेत्र तोकेर कर्फयु जारी गर्दै आएको हो ।

बुधबार भने वीरगञ्जको अवस्था सामान्य थियो ।दिउँसो कर्फयु स्थगित गरिएपछि बजारमा मानिसहरुको चहल पहल बढेको थियो ।लामो तथा छोटो दुरीका सवारी साधनहरु आ–आप्mनो गन्तब्यतर्फ लागेका थिए ।

Leave a review

This will close in 0 seconds