विनिता चौधरी/
बाराको कोल्हवी नगरपालिका वार्ड नम्बर ४ सपहीमा सोमवार सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कोल्हवीमा अवस्थित तामागढी बतच तथा ऋण सहकारी संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन कोल्हवी नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष बिष्णु प्रसाद मैनालीले गर्नुभएको छ ।
सहकारी संस्थाका शिक्षा समिति संयोजक रमाकुमारी चौधरीको अध्यक्षता भएको उक्त कार्यक्रममा ८३ जनाको सहभागिता रहेको थियो । सदस्य शिक्षाका बारेमा सहकारीका मुख्य प्रबन्धक बासुदेव रिमालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका संचालक समिति सहसचिव रामकाजी खड्का,स्थानीय शिक्षक एवम् समाजसेवी ईन्दिरा देवकोटा लगाएतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


