लागू औषध सहित वीरगञ्जबाट दुई जना पक्राउ

राम मण्डल
568 पाठक संख्या

ठुलो परिमाणको लागु औषध सहित दुइ जनालाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बोखारचोक स्थित सडकखण्डमा मधेश प्र.०३ ००१ च ७०९८ नम्बरको पिकअपलाई जाँच गरेको थियो ।

जाँचको क्रममा पिकअपमा फल्स सिलिङ बनाई लुकाई ल्याइएको लागु औषध नुरफिन १२०० पिस,फेनारगन १२०० पिस,डाइजेपाम १२०० पिस प्रहरीले बरामद गरेको हो ।

प्रहरीले ओनेरेक्स सय एमएलको ५० बोतल,टपेन्डाडोल सय एमजीको ३ सय ९० पिस ट्याब्लेट फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

लागु औषध सहित वीरगञ्ज महानगरपालिका–२० बस्ने २१ वर्षीय बिष्णु पटेल र २० वर्षीय राजन यादवलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

पक्राउ परेका दुबैजना बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा सात दिनको म्याद अदालतबाट थप गराई कारवाही अघि बढाइएको थापाले बताए ।

Leave a review

This will close in 0 seconds