सामाजिक सद्भाव खल्बलाउनेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

साझेदारी दैनिक
195 पाठक संख्या

नेपाली मुस्लिम समाज बाराले नेपाल सरकारका प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएका छन ।

समाज बाराले सामाजिक सञ्जालमा मुस्लिम धर्मका प्रवर्तक (दुत) पैगम्बर मोहम्मदसँग जोडिएर अनर्गल प्रचार गरेको भन्दै बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।

मुस्लीम धर्मलाम्बीहरुको पर्व रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायमाथि अघात पुर्‍याउने रअनर्गल प्रचार गरेको भन्दै समाज बाराले ज्ञापनपत्र बुझाएको छ ।

सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको भन्दै कारवाही गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । विज्ञप्ती लेखिएको छ,प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ,ज्ञापन पत्रमा लेखिएको छ, ‘निजको समाचारले नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको ठहर गरेको न त्यसकारण ठोस कदम चालियोस भन्दै ज्ञापनपत्र बुझाएईएको छ ।

सामाजिक सञ्जालमा मुस्लिम समुदायका धर्म प्रवर्तक पैगम्बर मोहम्मदको चरित्र हत्या गर्नेलाई आवश्यक कारवाही गर्न प्रभानमन्त्री र गृहमन्त्रीसँग ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

यस्तै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न तथा मस्जिद, मदर्सााले जनाएका छन ।

नेपाली मुस्लिम समाज बाराको तर्फबाट खुशमहम्मद,शेष सैनुल्लाह,अनवर अंसारी,महम्मद नौसाद,अबदुर रहमान लगायतले ज्ञापनपत्र बुझाएका थिए ।

यता ज्ञापनपत्र बुझ्दै बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मुस्लिम समुदायले बुझाएको ज्ञापनप्रति प्रशासन गम्भीर रहेको बताए ।

थप कारबाहीको लागि ज्ञापनपत्र आजै गृह मन्त्रालयमा पठाइदिने प्रजिअ घिमिरेले प्रतिबद्धता व्यक्त गरेका छन।

Leave a review

This will close in 0 seconds