नि.शुल्क स्वास्थ्य तथा दाँत शिवीरमा सतहत्तरी जनाले लिए सेवा

संदिप प्रसाद यादव
371 पाठक संख्या

कलैया सिटी जेसिजले बुधबार आयोजना गरेको एक दिने नि.शुल्क स्वास्थ्य तथा दाँत जाँच शिवीरमा ७७ जनाले सेवा लिएका छन् ।

कलैया उपमहानगरपालिका वार्ड नम्बर ११ विशम्भरपुरमा रहेको श्री नेपाल राष्ट्रिय अधारभूत विद्यालयको प्राङ्गणमा उसले एक दिने निःशुल्क स्वास्थ्य तथा दाँत शिवीरको आयोजना गरेको हो ।

कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका वार्ड नम्बर ११ का वार्ड अध्यक्ष अजय कुशवाहा रहेका थिए । कुशवाहाले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रमको मुख्य सहयोगी श्री कृष्ण डेण्टल क्लिनिक रहेको आयोजकले जनाएको छ ।

“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो“भन्ने नाराका साथ उक्त शिवीर सम्पन्न भएको हो ।

उक्त शिवीरमा चिकित्सक डाक्टर मुकेश यादव, डाक्टर मेरिना बिराजी,डाक्टर प्रदिप गुप्ता र डाक्टर चाँदनी यादवले जाँच गरेका थिए ।

उक्त शिवीरमा १५ जनाको दाँत निकालिएको डाक्टर मुकेश यादवले जानकारी दिए । परीक्षण गराएका बिरामीलाई निशुल्क औषधि वितरण गरिएको थियो ।

सो शिवीरमा हेल्थ क्याम्प कार्ड निःशुल्क प्रदान गरिएको थियो । उक्त कार्डले आजीवन श्री कृष्ण डेण्टल क्लिनिकमा पुर्जीको शुल्क लाग्ने छैन।डेण्टल एक्स–रे को शुल्कमा ५० प्रतिशत छुट गरिने छ । अन्य उपचारमा १० देखि ५० प्रतिशत छुट हुने कलैया डाक्टर यादवले जानकारी दिए ।

विरामिहरुको सहज वातावरणमा स्वास्थ्य तथा दात सम्बन्धिको चेकजाँच विशेषज्ञ टोलीमार्फत उपचार गराइएको थियो ।

अध्यक्ष कुशवाहाले आउने दिनमा समेत निःशुल्क स्वास्थ्य,अाँखा,रक्तदान कार्यक्रम तथा दाँत जाँच शिवीर सञ्चालन गर्ने बताए ।

शरीरको सबै भन्दा बढी महत्वपूर्ण कुरा स्वास्थ्य भएकोले निःशुल्क स्वास्थ तथा दात शिविर सञ्चालन गरेको अध्यक्ष कुशवाहाले बताए ।

सो निशुल्क स्वास्थ्य तथा दन्त शिवीरमा जाच परीक्षण गराएकाहरु एकदमै खुसी भएका थिए ।

उक्त स्वास्थ्य तथा दाँत शिविरमा कलैया उपमहानगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष रंजित चौरसिया,श्री नेपाल राष्ट्रिय अधारभूत स्कूलका प्रधानाध्यापक मुकेशचन्द्र कुशवाहा,कलैया सिटी जेसिजका प्रमुख अध्यक्ष सल्लाहकार जेसी शम्भु गुप्ता,जेसी सन्दिप बरै,गंगा सागर कुशवाहा,जिल्ला फुटबल रेफरी संघ बाराका अध्यक्ष रियाजुल इस्लाम,कार्यकारिणी उपाध्यक्ष जेसी गणेश शर्मा,उपाध्यक्ष जेसी अकाश गुप्ता,सुरज गिरी, शेषनाथ पासवान,महासचिव राजकुमार गिरी,कानूनी सलाहकार जेसी आदिल अंसारी,कोष वृद्धिका संयोजक संदीप कुमार साह,सदस्य वृद्धिका संयोजक आशिष गुप्ता,आईटीका संयोजक उमेश साह,ट्रेनिंग कोडिनेटर मुकेश स्वर्णकार,मिडिया संयोजक संदिप प्रसाद यादव तथा बोर्ड का पदाधिकारी,पूर्ब अध्यक्ष तथा स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review