बारा–पर्साका फलामजन्य उद्योगहरुमा संसदीय समितिको अनुगमन

साझेदारी दैनिक
342 पाठक संख्या

बारा–पर्सा औैद्योगिक करीडोरमा रहेका फलामजन्य उद्योगहरुमा संघीय संसदको संसदीय समितिले सोमबार अनुगमन गरेको छ ।

संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उद्योगहरूको अध्ययन, अनुगमन उपसमितिले बारा,पर्सामा रहेका उद्योगहरुको अनुगमन गरेको हो ।

समितिका संयोजक रेखा यादव नेतृत्वको संसदीय टोलीले उद्योगको अनुगमन गरेको थियो । समितिले उद्योगहरुलाई तत्काल प्रदूषण नियन्त्रण प्रक्रियामा जान निर्देशन दिएको छ ।

उद्योग,वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उद्योगहरूको अध्ययन,अनुगमन उपसमितिले जगदम्बाले अतिक्रमण गरेको पर्सा राष्ट्रिय निकुञ्जको जग्गा र ५० औँ वर्ष पुरानो भाङ्ग्रे खोलाको समेत स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमन पश्चात उपसमिति संयोजक यादवले जगदम्बा स्टिलबाट निस्किएको प्रदूषण र लेदो पानी तत्काल नियन्त्रण गर्न निर्देशन दिएकी हुन् । अनुगमनको क्रममा उद्योगहरूले आफ्नो बदमासीलाई जबरजस्ती सकरात्मक देखाएर प्रस्तुत गर्न नहुने उपसमितिको ठहर छ ।

जगदम्बा स्टिलको स्थलगत अनुगमन गर्न आएको संसदीय अनुगमन टोलीले अशोक स्टिल,हामा आईरन र २ वर्षदेखि बन्द रहेको साःख स्टिलको समेत अनुगमन गरेको छ ।

उक्त अनुगमनका क्रममा संसदीय टोलीसंगै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्का लगायतको समेत उपस्थिति रहेको रहेको रहेको थियो ।

Leave a review

This will close in 0 seconds