लागू औषध सहित दुई जना प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
265 पाठक संख्या

बारा प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बुधबार बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित वीरगंजबाट हेटौडा तर्फ जादै गरेको प्र.३–०२–००९ प ४७३८ नम्बरको मोटरसाइकल शंकास्पद लागी रोकी जाँच गर्ने क्रममा उक्त लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका –३ बस्ने अन्दाजी २७ वर्षीय विवस कार्की,मोटरसाइकल पछाडी सवार चितवनको भरतपुर महानगरपालिका –७ बस्ने अन्दाजी ३१ वर्षीय ववी तामाङ रहेको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट नोरफिन २ एमएलको १८ पिस,फेनारगन २ एमएलको १७ पिस र डाईजोपाम २ एमएलको १८ पिस लागू औषध प्रहरीले बरामद गरेको छ ।

हेलमेट भित्र लुकाई छिपाई राखेको लागू औषध सुई बरामद गरी दुई जना समेत मोटरसाइकललाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review