दुई सय पचपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

साझेदारी दैनिक
290 पाठक संख्या

गीता गजेन्द्र राज जोशी मा वि सुखचैनाका बिधार्थीहरुलाई एक कार्यक्रमवीच सोमबार छात्रबृति वितरण गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा रहेको विद्यालयमा छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत रहेका दुई सय ५५ जना विद्यार्थीहरु लाई छात्रवृत्ति वितरण गरिएको बिधालय ब्यावस्थापन समितिका सदस्य सरोज यादवले साझेदारी दैनिकलाई जानकारी दिए ।

विद्यालयमा अध्ययन गरिरहेका २५५ जना छात्रा र दलित विद्यार्थी हरु लाई छात्रवृति वितरण गरिएको थियो । बिधालयका प्रधानाध्यापक अरविन्द लालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

सो अवसरमा वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियार,पूर्व विधालय ब्यावस्थापन समितिका अध्यक्ष जितेन्द्र कुर्मीको विशेष उपस्थिति थियो । विद्यालयका शिक्षक शिक्षिकाहरको उपस्थिति रहेको थियोे ।

वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गरि महानगरमा रहेका सामुदायिक विद्यालयहरुमा बिधार्थीहरुलाई छात्रवृति वितरण गर्न निर्देशन दिएको छ ।

Leave a review

This will close in 0 seconds