प्रहरी नायब उपरीक्षक न्यौपानेको सम्मान तथा बिदाई

संदिप प्रसाद यादव
365 पाठक संख्या

कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ ले जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको सम्मान तथा बिदाई गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका –६ को वार्ड कार्यालयले फेरि भेटौला एवम् सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरि बुधबार एक कार्यक्रमका बिच न्यौपानेको बिदाई गरेको हो ।

गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डिएसपी न्यौपाने रहेका थिए ।

काज सरुवा भई प्रहरी प्रधान अपराध अनुसन्धान विद्यालय महराजगंज काठमाडौ जान लागेका प्रहरी नायब उपरीक्षक न्यौपानेलाई दोसल्ला ओढाई तथा गढीमाई मन्दिरको मायाको चिनोले सम्मान गरिएको थियो ।

सो कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादव र वार्ड नम्बर –२६ का वार्ड अध्यक्ष धर्मेन्द्र यादवले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त बिदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिगत एक वर्ष देखि जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सम्पूर्ण जिल्लाबासीहरुलाई साथ र सहयोगको लागी धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा वार्ड नम्बर –६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर लोहार,सामुदायिक प्रहरीका पुर्व अध्यक्ष एवम् समाजसेवी महम्मद सगिर,जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अन्कुश ब्याहुत,अर्जुन कलवार,हलखोरिया साझेदारी वन व्यवस्थापन उपभोक्ता समिति बाराका सदस्य मुन्ना मण्डल,एन आई सि एसिया बैंक बरियारपुर शाखाका प्रमुख विकाश श्रेष्ठ, वार्ड सदस्य एवम् स्थानीयबासी,समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संचालन कलैया उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख अनिल पाण्डेयले गरेका थिए ।

Leave a review