बाँदरले गरुडा नगर क्षेत्रमा मच्चाए आतंक,नियन्त्रणको माग

साझेदारी दैनिक
295 पाठक संख्या

ओम प्रकाश यादव/

बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरुले बादर नियन्त्रणको माग गरेका छन् ।

बाँदरले आफुहरुको बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग किसानहरुले गरेका हुन । बाँदरले आफुहरुको बालीनाली नष्ट गरी दुख दिएको भन्दै नियन्त्रणका लागि गरुडा नगरपालिकाका किसानहरुले केहिदिन अघि गरुडा नगरपालिकालाई ज्ञापनपत्र बुझाएपनि पालिकाले बादर नियन्त्रण गर्न अझै कुनै चासो न लिएको भन्दै किसानहरु दुःख व्यक्त गरेका छन ।

करिव एक महिना अघि नेपाली कांग्रेसका नेता एवं गरुडा नगर प्रमुखका प्रत्यासी दिपक कुमार यादवको नेतृत्वमा सयौंको संख्यामा गएका किसानहरुले गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका थिए ।

गरुडा नगरपालिका वडा नं.२ गेडही गुठि,वडा नं.३ मलाहिटोल,वडा नं.४ गरुडा,वडा नं.८ बसबिटि जिंगडिया,गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाउदै आएका छन ।

बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आफुहरुले गरुडा नगर प्रमुख जयसवाललाई ज्ञापनपत्र बुझाएको महिनौ बितेपनी नगर प्रमुख जयस्वालले बादर नियन्त्रणका लागि कुनै तादरुक्ता न देखाएको युवा नेता दिपक यादवले बताएका छन् ।

गरुडा नगर भित्र करिव चार सयको संख्यामा रहेको बाँदरको समुहले विगत तिन चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुको धान,मकै,उखु,तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको भएपनि स्थानीय सरकारले बाँदर नियन्त्रणको लागि कुनै कदम नचालेकोले बाध्य भएर आफुहरु आन्दोलनमा उत्रिन त्यारी गरेको कांग्रेस नेता यादवले बताए ।

वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेपछि किसानहरुको समस्या समाधानका लागि गरुडा नगर प्रमुख जयसवाललाई आफुहरुले ध्यानाकार्षण गराएको नेता यादवले बताए ।

नेता यादवका अनुसार आजभन्दा करिव चार वर्ष अघि केहि व्यक्तिले वनमा नछाडी यस नगर भित्र ३० वटा बाँदर ल्याएर छाडेका थिए । त्यहि ३० वटाबाट बढेर अहिले बाँदरको संख्या झण्डै चार सयको हाराहारीमा पुगेको छ ।

गरुडा नगर क्षेत्रबाट वन २५ किलोमिटर भन्दा टाढा रहेकोले वनमा बाँदर जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।

उक्त बाँदरको हुलले नगरको विभिन्न गाउँ टोलको खेतमा गएर किसानहरुको बालीनालीमा क्षति पुरयाउने गरेका छन् । आफुहरुको बालीनालीमा बाँदरले व्यापक क्षति पुरयाएको भन्दै बाँदर धपाइदिन वा नियन्त्रण गरिदिन किसानहरुले गरुडा नगरपालिकासंग माग गरेका छन् ।

खेतीपाती गर्ने काम सामान्यजस्तै भएपनि बाँदरबाट खेतीपाती जोगाउनै सकस भएको पीडित किसानहरुको भनाई छ । गरुडा नगर क्षेत्रका अधिकांश किसानको यतिखेर बाँदर धपाउनमै समय बित्ने गरेको छ ।

यहाँका किसानलाइ बाँदर हेर्नुपर्ने बाध्याता छ । समय कहाँबाट कहाँ पुगेपनि हामी किसान भने बाँदर धपाएर दिन फाल्नुपर्ने बाध्यता रहेको मलाहिटोलका किसान अच्छेलाल सहनीले बताए ।

सहनीले किसानलाई अनुदान होइन, बाँदर धपाउने उपाय दिन सरोकारवाला निकायसँग आग्रह गरे। “हामीले पटक–पटक नगरपालिकामा बाँदर नियन्त्रणको माग राख्दै आएका छौँ”, सहनीले भने, “बाँदर धपाएर जिन्दगी बिताउने किसानको प्रगति कहिले हुन्छ ?”

बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।

२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।

राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन्। सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन ।

बाँदरबाट आआफना बालीनाली जोगाउन बाँदर धपाउनका लागि कतिपय किसानले खेतबारीको डिलमा नै छाप्रो बनाएर बस्ने गरेका छन् ।

Leave a review