श्रीकृष्ण प्रणामी युवा परिषदको बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

साझेदारी दैनिक
573 पाठक संख्या

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति बाराको ३० औ बार्षिक साधारणसभा तथा १० औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वार्ड न –४ औराहामा स्थापित श्री कृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा सम्पन्न अधिवेशनले युवा परिषदको नयाँ कार्य समिति चयन गरेको छ । शनिवार नै सम्पन्न अधिवेशनबाट मोहन सापकोटा अध्यक्ष रहने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।

नवगठीत समितिको उपाध्मायक्षमा सन्तोष पाण्डे,हरि प्रसाद सिम्खडा,सचिबमा दिपक बजगाई,कोषाध्यक्षमा रिता भट्ट,सह सचिब निकेस खरेल चयन भएका छन । यसैगरी सदस्यहरुमा बलिराम यादव,मुरलिधर कंडेल,प्रदिप क्षेत्री लयायत रहेका छन ।

यसैवीच अधिवेशन उद्घाटन सत्रमा श्रीकृष्ण प्रणामी धर्म सम्प्रदायका संरक्षक प्राचार्य महेन्द्र महाराज,साध्वी रुपा माताजी एवम श्री राज रसिक महाराज जिको आसनसङ्गै श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष जगदीशचन्द्र शर्माले उद्घाटन गर्नुभएको थियो ।

परिषद बाराका जिल्ला अध्यक्ष सुमन प्रसाद सुवेदीेको अध्यक्षतामा भएको उद्घाट समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका उप्रमुख भोला अधिकारी, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष प्रमोद वाग्ले,श्री कौशल फुयाल,महासचिव,सुजन सुवेदी,प्रणामी ब्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष बिष्णु वाग्ले,युवा परिषद मधेश प्रदेश अध्यक्ष जयराज भट्टराई,सेवा समिती बारा पर्साका अध्यक्ष अर्जुन घिमिरे लगाएतकाले शुभकामन मन्तव्य राख्नुभएको थियो ।

उद्घाटन सत्रको कार्यक्रम जिल्ला सचिव उमेश सापकोटाले सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य दिपक बजगाईले गर्नुभएको युवा परिषदले जनाएको छ ।

Leave a review

This will close in 0 seconds