रौतहटको राजदेवी नगरपालिकामा हुलाक कार्यालय सञ्चालन,नगर प्रमुख यादवले गरे उद्घाटन

साझेदारी दैनिक
354 पाठक संख्या

रौतहट,२१ साउन । ओम प्रकाश यादव/

रौतहटको राजदेवी नगरपालिकामा हुलाक कार्यालय सञ्चालनमा आएको छ ।

राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले सोमवार एक कार्यक्रमका बीच मुडवलवामा हुलाक कार्यालयको उद्घाटन गरेका छन् ।

राजदेवी नगर कार्यपालिकाको कार्यालयको छेउमा नवनिर्मित भवनमा स्थापना भएको हुलाक कार्यालयको मेयर यादवले उद्घाटन गरेका हुन ।

मेयर यादवले उद्घाटन गरेसंगै सो कार्यालय सोमवारदेखी नै सञ्चालनमा आएको जिल्ला हुलाक कार्यालय गौरका कार्यालय प्रमुख एवं हुलाक अधिकृत देवनाथ यादवले जानकारी दिएका छन् ।

स्थानीय तहबाट नै शीघ्र तथा विश्वस्नीय रुपमा चिठ्ठीपत्रहरु सम्न्धित व्यक्ति समक्ष पुरयाउने,हुलाक टिकट प्रकाशन गर्ने लगाएत हुलाक सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले राजदेवीमा हुलाक कार्यालय सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय गौरका प्रमुख यादवले बताए ।

एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने उद्देश्य अन्तर्गत अहिलेसम्म हुलाक कार्यालय नरहेको राजदेवीमा हुलाक कार्यालय स्थापना गरिएको र यसले अब पालिकाबासीलाई हुलाक सम्बन्धी सेवा लिन सहज हुने विश्वास लिइएको उनले बताए ।

जिल्लाको सबै पालिकामा हुलाक कार्यालय सञ्चालन गर्ने लक्ष्य अनुसार अहिलेसम्म जिल्लामा रहेको १८ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहमा कार्यालय स्थापना भइसकेको र अब पाँचवटा पालिकामा मात्र कार्यालय स्थापना गर्न बाँकी रहेको हुलाक अधिकृत यादवले बताए ।

हुलाक कार्यालय सञ्चालन हुन बाँकी रहेको इशनाथ,देवाही गोनाही, बौधीमाई,वृन्दावन र परोहा नगरपालिकामा पनि चाडै हुलाक कार्यालय सञ्चालन गरिने उनले बताए ।

कार्यालय उद्घाटनसत्रमा राजदेवी नगरपालिकाका जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ,सहाय प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव सहितका कर्मचारीहरु,प्रहरी प्रशासन,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a review