निशुल्क आँखा तथा स्त्रीरोग जाँच शिवीर वीरगञ्जमा सम्पन्न

साझेदारी दैनिक
363 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज यूवा समाजले शनिवार निशुल्क आँखा तथा स्त्री रोग जाँच शिवीरको आयोजना सम्पन्न भएको छ।

वीरगञ्ज –५ मा अवस्थित स्टार युरो किड्स स्कुलमा भएको सो शिवीरमा आँखाका १५० र स्त्री रोगका १०७ गरी जम्मा २५७ जनाको जाँच गरिएको समाजका अध्यक्ष सञ्जिव कृष्ण थापाले बताए।

सो मध्ये १५ जनामा मोतियाबिन्दु रोग फेला परेको थिए। आँखाका सामान्य अलर्जी भएकोहरुलाइ औषधि दिएर पठाइएको छ। स्त्रीरोग सम्बन्धमा आवश्यक जाँच गरी केही जटिल समस्या भएकालाइ औषधि र पुनःश्रीराम अस्पतालमा बोलाइएको छ।

सो क्रममा फिस नलागने र अन्य जाँचमा छुट प्रदान गरिने छ। वीरगञ्ज युवा समाजका अध्यक्ष सन्जीव थापाको अध्यक्षता एवं वीरगन्ज वडा –५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसियाको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो।

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं,श्रीराम अस्पतालका स्त्रीरोग विशेषज्ञ दिप्ती यादव,डा. प्रीती यादव,किरण आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ आन्द्रीका यादव,मुस्कान गुप्ता,मानवसेवा आश्रमका मधेश प्रदेश संयोजक दिवेश मानवसेवा र ओम कुमार झा,वीरगञ्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह,वडा ५ का सदस्यहरु सन्जु दाहाल,मन्जु परियार र रुस्तम अलि,नेपाल फुटबल संघ पर्साका अध्यक्ष रोशन गुप्ता,लायन्स क्लब एरिया ३ का डिष्ट्रीक संयोजक श्याम गुप्ता,समाजसेवी राजेन्द्र भट्टराई,सन्चारकर्मी अभिलाष गुप्ता र आकाश पटेल लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा समाजका पदाधिकारी सदस्यहरु एवं स्थानिय अग्रज,महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो । सो अवसरमा सहयोगी श्रीराम अस्पताल र किरण आँखा अस्पताल र स्टार युरो किडस स्कुल परिवार तथा वीरगन्ज युवा समाजका सदस्य सुबोध गुप्तालाई सो अवसरमा सम्मान गरिएको थियो।

उनलाई दोस्रो वीरगञ्ज गोल्डकप २०८१ को अध्यक्षमा चयन भएकोमा पूmलमाला दोसल्ला ओढाएर सम्मान गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक वीरगन्ज युवा समाजका उपाध्यक्ष एवं स्टार युरो किडस स्कुलका संचालक सानू राणाले गरेका थिए। कार्यक्रमको सहजीकरण समाजका सदस्य बिनोद र समापन समारोहको सहजीकरण सल्लाहकार एवं शिक्षाविद् मार्टिन मोक्तानले गरेका थिए ।

Leave a review