पथलैयामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

साझेदारी दैनिक
556 पाठक संख्या

कलैया । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका -१ बस्ने ३० वर्षीय आदेश लामा रहेको प्रहरीले जनाएको छ ।

बिरगंज स्थित वयोधा अस्पतालमा घाईते भएका पैदलयात्रीको उपचार भैइ रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी ढकालले जानकारी दिएका छन् ।

घटनाको थप विवरण आउन बाकि रहेको उनले बताए ।

Leave a review

This will close in 0 seconds