नेपाल पत्रकार महासंघको निर्वाचन असोज पाँचमा

साझेदारी दैनिक
378 पाठक संख्या

नेपाल पत्रकार महासंघको सबै तहको निर्वाचन असोज ५ गते हुने भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी महासंघको सबै तहको निर्वाचन एकै साथ हुने जानकारी दिएका हुन् ।

महासंघको जिल्ला,प्रदेश, केन्द्र लगायतको तीन तह रहेको छ । साथै ठूलो सञ्चार गृह लगायतमा समेत यस्को शाखा रहेको छ ।

नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,व्यवसायिक पत्रकारिता श्रम अधिकार र नागरिक अधिकारको पक्षमा निरन्तर क्रियाशील नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघ रहेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

Leave a review

This will close in 0 seconds