जीतपुर : जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले बाग्लुङ्ग उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई स्वागत र नगर स्थित उद्योगहरुको अध्ययन तथा अवलोकन गराएको छ ।
नगर उद्योग बाणिज्य संघले उपमहानगरमा रहेका विभिन्न उद्योगहरुको अवलोकन तथा भ्रमण गराएको थियो । जीतपुर नगरसंघले जीतपुरसिमरा स्थित हुलास स्टील,नेपोभिट टायल उद्योग, सिमरा सेजको अध्ययन तथा अवलोकन गराएको हो ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले नगर लगायत बारा स्थित उद्योग तथा ब्यवसायको अवस्थाको बिषयमा जानकारी गराउँदैँ समसमायिक बस्तु स्थितीको बिषयमा जानकारी गराएका थिए ।
उनले पाँच बर्षमा एक चोटी लाग्ने बिश्वकै सबैभन्दा बढी बलि चढाईने गढीमाईको मेलाको दर्शन गर्न आउँन निम्तो समेत दिएका थिए ।
नगर उद्योग बाणिज्य संघले बाग्लुङ्ग उद्योग बाणिज्य संघलाई र बाग्लुङ्ग उद्योग बाणिज्य संघले नगर उद्योग बाणिज्य संघलाई मायाको चिनो प्रदान गरेको थियो ।

