सिमरा महिला साकोसको वार्षिक साधारण सभा सम्पन्न,१६ करोड ४१ लाख ८२ हजार रुपैयाँ भन्दा गर्‍यो बढीको कारोबार

रञ्जन यादव
230 पाठक संख्या

बारा : सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी शनिबार साधारण सभाको उद्घाटन गरेका हुन्। संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा १ हजार ९ सय ४२ सदस्य बीच कारोबार गरेको छ।

यसले १६ करोड ४१ लाख ८२ हजार ५ सय ५४ रुपैयाको कारोबार गरेको हो। संस्थाले ४१ लाख २८ हजार ६ सय ७ रुपैया नाफा आर्जन गरेको संस्थाकी बचत गरेको अध्यक्ष मुना खरेलले जानकारी दिईन् ।

आधुनिक बित्तिय सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाले मोबाईल एप्स,चेक,फेक नोट जाँच मेसिन जस्ता प्रबिधि संस्थामा भित्राएको छ। संस्थाको शेयर पुँजी १ लाख ६० हजार ८७ हजार ६ सय रुपैयाँ छ।

संस्थाको कुल निक्षेप(बचत)११ करोड ८२ लाख २२ हजार ५ सय ७१ रुपैयाँ रहेको छ। सिमरा महिला साकोसले शेयर सदस्यहरुबीच १२ करोड ६५ लाख ७१ हजार १ सय २२ रुपैया कर्जा प्रवाह गरेको संस्थाका कोषाध्यक्ष सनम पौडेलले जानकारी दिईन् । संस्थाले ११ प्रतिशत लाभांस बितरण गर्ने कुरा पारित भएको संस्थाले जनाएको छ ।

त्यस्तै यस वर्षको सहकारीले दिने सिमरा महिला सहकारी पत्रकारिता पुरस्कार सञ्चारकर्मी बिदुर खड्कालाई प्रदान गरिएको छ। सहकारी तथा महिला सशक्तीकरणका क्षेत्रमा कलम चलाएबापत नगद रासी सहित उक्त पुरस्कार गरिएको साकोसले जनाएको छ।

कार्यक्रममा जिल्ला सहकारी वचत तथा ऋण सहकारी सँघका उपाध्यक्ष कोपिला सिंखडा,सिमरा महिला साकोसका पूर्व अध्यक्ष एवं संस्थाका सल्लाहकार संयोजक अनिता लम्साल,जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,औराहा उपभोक्ता सहकारी संस्थाका पूणर्चन्द्र तिमल्सेना,सञ्चारकर्मी विदुर खड्का,संस्थाका सेयर सदस्य समाजसेवी एवं नारायणी रायमाझी लगायतले शुभकामना व्यक्त गरे।

कार्यक्रममा औराहा कृषि तथा पशुपालन सहकारीका मदनबहादुर क्षेत्री,घण्टीमाई साकोसका तोयनाथ लुइटेल,संगालो साकोसका कोपिला खरेल,साकोसका संस्थापक अध्यक्ष पुण्यवति कँडेल, थानीमाई सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष श्याम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मुना खरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन्। त्यस्तै संस्थाका कोषाध्यक्ष सनम पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन्।

लेखा समिति संयोजक उर्मिला सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिन्।

साधारणसभाको अवसरमा उत्कृष्ट बाल बचतकर्ता,उत्कृष्ट वचतकर्ता,उत्कृष्ट कारोवारकर्ता,उत्कृष्ट समूह,उत्कृष्ट समाजसेवीहरुलाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भिमादेवी शर्माको स्वागत रहेको थियो। संस्थाका सचिव गीता शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Leave a review