नेपाल मुस्लिम संघ पर्साको निर्वाचित पदाधिकारीहरुलाई दिइयो प्रमाणपत्र

साझेदारी दैनिक
253 पाठक संख्या

निजगढ : नेपाली काङ्ग्रेस निकट नेपाल मुस्लिम संघ पर्साको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

नेपाल मुस्लिम संघ पर्साले बिहिबार वीरगंजमा १ दिने अगुवा कार्यकर्ताहरुसङ्गको अन्तरक्रिया, प्रशिक्षण, तिहार र छठको शुभकामना आदान प्रदान गरिएको हो।

प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गर्दै निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको हो।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले उक्त कार्यक्रममा नेपाल मुस्लिम संघ पर्साका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन्।

संघको सभापतिमा हबिब मिया,उपसभापति द्वय फिरोज अन्सारी,ईम्रान मिया, सचिव साजिर अहमद,कोषाध्यक्ष कसिमा खातुन,सहसचिव सम्सुलहक मिया तेली लगायत कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको नेपाल मुस्लिम संघ पर्साका उपसभापति फिरोज अन्सारीले बताए।

कार्यक्रमको प्रशिक्षण सत्रमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्माले सहभागी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक सभापति अब्दुल सतार, नेपाल मुस्लिम संघका वर्तमान सभापति डा.अतबुल मंसुरी लगायतले सम्बोधन गरेका थिए।

Leave a review

This will close in 0 seconds