रोज वाटर न्यून गुणस्तरको भएको भेटिएपछि प्रवेश अनुमति रद्द

राम मण्डल
369 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज भन्सार नाका भएर बिदेशबाट आयात गर्न लागिएको एक वस्तु न्यून गुणस्तरको भएको भेटिएपछि प्रवेश अनुमति अस्वीकृत भएको छ।

मिठाईहरुमा गुलाबको सुगन्धन ल्याउनको लागि प्रयोग हुने रोज वाटरको प्रवेश अनुमति रद्द गरिएको हो। रोज वाटर परीक्षण गर्दा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति पाइएकोले आयात गर्न नमिल्ने भनि प्रवेश अनुमति अस्वीकृत गरिएको हो।

रोज वाटरको नमूना खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय,वीरगञ्जले परीक्षण गर्दा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति रहेको भेटिएपछि प्रवेश अस्वीकृत गरिएको कार्यालयका प्रमुख बिमल दाहालले जानकारी दिए।

परीक्षण पछि रोज वाटर प्रवेश अनुमति अस्वीकृत गरी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको उनले बताए।

व्यापारिक प्रयोजनका लागि कि फुड्स इन्टरनेशनल प्रा.लि.काठमाण्डौंले दुबईबाट सुख्खा बन्दरगाह भन्सार कार्यालय,सिर्सिया नाका हुँदै खाने प्रयोजनका लागि पैठारीको लागि ल्याउन लागेको थियो।

चाडपर्व नजिकिएसँगै मिठाईहरुको बिक्री बढने तथा ती मिठाईहरुमा गुलाबको सुगन्ध ल्याउनको लागि रोज वाटरको प्रयोग हुने गरेको छ ।

Leave a review

This will close in 0 seconds