यादव हत्या प्रकरण : आशंकाको आधारमा तीन जना पक्राउ

साझेदारी दैनिक
396 पाठक संख्या

कलैया : धारिलो हतियार प्रहारबाट यादव हत्या प्रकरणमा तिन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आशंकाको आधारमा तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोट जानकारी दिएका छन् ।

अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेकाहरुको बारेमा प्रहरीले खुलाएको छैन।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ सेमरा तेगछीयामा नयका टोल बस्ने ५० वर्षिय श्रीनारायण यादवको अज्ञात समुहले गएराती विभत्स रुपमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थिए ।

उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

Leave a review

This will close in 0 seconds