बारामा वर्षासँगै किसान खेतमा, ३० प्रतिशत धान रोपाइँ सकियो

साझेदारी डेलि
66 पाठक संख्या
सांकेतिक तस्वीर

बारा । लगातारको वर्षापछि बारा जिल्लाका किसानहरू धमाधम धान रोपाइँमा जुटेका छन्। केही साताअघि पर्याप्त वर्षा नहुँदा प्रभावित बनेको रोपाइँ अहिले भने तीव्र गतिमा अघि बढ्न थालेको छ ।

कृषि ज्ञान केन्द्र बाराका अनुसार हालसम्म जिल्लाको १३ हजार ५३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ, जुन कुल खेतीयोग्य क्षेत्रफलको करिब ३० प्रतिशत हो।

कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी तथा कृषि अर्थ विज्ञ गणेश महराका अनुसार गत वर्ष यही अवधिसम्म जिल्लामा ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष सुरुवाती चरणमा पर्याप्त वर्षा नहुँदा रोपाइँमा ढिलाइ भएको र गत वर्षको तुलनामा हालसम्म १० प्रतिशतले कम प्रगति भएको उनले जानकारी दिए।

उनका अनुसार विगत केही दिनदेखि लगातार मध्यमदेखि भारी वर्षा भइरहेकाले जिल्लाभरका खेतमा पर्याप्त पानी जमेको छ। त्यससँगै किसानहरू पूर्ण रूपमा धान रोपाइँमा व्यस्त भएका छन्।

“लगातारको वर्षाले रोपाइँका लागि अनुकूल वातावरण बनेको छ। मौसम यस्तै अनुकूल रहे आगामी केही दिनभित्रै धान रोपाइँको प्रतिशत उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेका छौँ,” सूचना अधिकारी महराले भने।

कृषि ज्ञान केन्द्रले मौसम अनुकूल रहे बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

Leave a review

This will close in 0 seconds