तिहारको रौनक,बजारमा बढ्यो तिहारको चहलपहल,धनतेरस मनाइयो

संदिप प्रसाद यादव
484 पाठक संख्या

कलैया : नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै बाराको सदरमुकाम कलैयामा रौनक छाएको छ।

बाराको १६ वटै स्थानीय तहको मुख्य बजारमा मानिसहरुको चहल पहल बढेको हो। बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ।तिहार नजिकिएसँगै बजारमा सामान किन्ने मानिसहरूको भीड लागेको हो।

तिहारको पहिलो दिन मंगलबार धनतेरस भएकोले बजारमा सर्वसाधारणहरुले सामान किनेका हुन्। कलैयाको मुख्य चोक भरत चोक देखि भित्री बाटोमा लक्ष्मी पूजाका लागि चाहिने माटोको दियो,बत्ती,सप्तरङ्गी टीका, कपडा र अन्य सामग्रीहरु किनमेल गर्नेहरु बढेका हुन्।

धनतेरस पर्वमा नयाँ भाँडा तथा गरगहनाको पसलमा समेत मानिसहरु पुगेका हुन्। आफुले धनतेरसको अवसर पारेर चाँदीको सिक्का किनेको कलैया १ की सविता देवीले साझेदारी दैनिकलाई बताइन्।

आफुले चाहि पित्तलको दियो किनेको बबिता देवी बताउँछिन्। नयाँ भाँडा किन्नेहरु समेत यस दिन बढेका छन्। यस्ता सामाग्री किनेमा धन बढने धार्मिक विश्वास रहेको छ।

कलैया बजार जस्तै जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर तथा सिमरा बजारमा अत्याधिक भिड बढेको छ। यहाँ पनि मानिसहरु नयाँ सामान किनिरहेका हुन्।

दीपावलीको अवसर पारेर बाराको प्रसौनी बजार,फेटा बजार,परवानीपुर बजार,कोल्हवी बजार,निजगढ बजार,बरियारपुर बजार,गञ्जभवानीपुर बजार,सिम्रौनगढ बजार लगायतमा रौनक छाएको हो।

मानिसहरु विजुली वत्ती,झिलिमिली बत्ती लगायतको सामाग्री समेत किनिरहेका हुन्। नजिकिएको दीपावली तथा छठ पर्वलाई दृष्टिगत गर्दै बाहिर गएका मानिसहरु आफ्नो मूल घरमा फर्किरहेका छन्।

यसले गर्दा गाउँघरमा समेत चहलपहल बढेको छ। सडक तथा घरमा मानिसहरु झिलिमिलि बत्तीले सजाउदैछन्। किशोरीहरुले रंगोली बनाउने तयारी समेत गरेका छन्।

घर सफासुग्घर पारिएको छ। प्र्वले गर्दा यस भेगको टोल देखि शहरसम्म रौनक छाएको हो। मानिसहरु उत्साहित भएका छन्।

Leave a review

This will close in 0 seconds