सिंगारवनमा पहिलो पटक बज्जिकामा हाजिरी जवाफ एवं वक्तृत्वकला प्रतियोगिता सम्पन्न

साझेदारी दैनिक
416 पाठक संख्या

रौतहट । ओम प्रकाश यादव/ रौतहटको गढीमाई नगरपालिका-६ आर्दश आधारभुत विद्यालय सिंगारवनमा पहिलो पटक बज्जिका भाषामा हाजिरी जवाफ एवं वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“असल आ सफल जीवन के लेल शिक्षा” भन्ने मूल नाराका साथ हिजो उक्त हाजिरी जवाफ एवं वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।

बालबालिकालाई शिक्षा प्रति अभिरुचि बढाउने उद्देश्यले बज्जिका विकास केन्द्र नेपाल गढीमाई नगरपालिका-६ सिंगारवनद्वारा माधोपुरमा संचालित बज्जिका एफएमले आयोजना गरेको प्रतियोगीतामा आधारभुत विद्यालय सिंगारवनका कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत बालबालिकाहरु भाग लिएका थिए।

महान पर्व शुभ दिपावली एवं छठको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको बज्जिका एफएमले जनाएको छ।

प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई विभिन्न ६ वटा समुहमा विभाजन गरिएको थियो भने एउटा समुहमा ५ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा अन्मोल यादवको नेतृत्वमा रहेको काली समुह प्रथम, सुनिल यादवको नेतृत्वमा रहेको सरस्वती समहु द्वितीय र कृष यादवको नेतृत्वमा रहेको जग्दम्वा समहुले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै बज्जिका भाषाको वक्तृत्वकाला प्रतियोगितामा सहभागी १२ जानामा अभिषेक यादव प्रथम, अनिष यादव दोस्रो र काजल यादवले तेश्रो स्थान हासिल गरेको आयोजक बज्जिका एफएमका अध्यक्ष दिनेश यादव संगमले जानकारी दिएका छन्।

कार्यक्रममा बज्जिका एफएमका अध्यक्ष दिनेश यादवले प्रतियोगीलाई हौसला दिँदै यस्ताखाले कार्यक्रमहरूलाई बढवा दिनुर्पे बताएका थिए ।

साथै यस्ताखाल्का प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने यादवले धारणा राखेका थिए।

दुवै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई आयोजक बज्जिका एफएमका प्रबंधक दिनेश यादवले मेडल सहित पुरस्कार वितरण गरेका थिए।

बज्जिका एफएमका प्रवन्धक दिनेश यादव संगमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्दश आविका प्रधानाध्यापक केदार यादव, माध्यमिक विद्यालय विरनगराका प्रधानाध्यापक मुकेश यादव,आईविए स्कुल गौरका प्रधानाध्यपक संतोष पौडेल लगाएतका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन उच्च माध्यमिक विद्यालय गरुडाका शिक्षक शिवशंकर झा र शिक्षक भाग्यनाराण यादवले गरेका थिए।

कार्यक्रममा रौतहट टुडेका प्रतिनिधि जितेन्द्र दास,पत्रकार ओमप्रकाश यादव,बज्जिका एफएमका अध्यक्ष राहुल कुमार पाण्डेय,रेड टिभिका चंदन पटेल,राजन झा सहित स्थानिय रामविनय यादव,श्याम सुन्दर यादव,राजनारायण यादव लगायतका समाजसेवी आम नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds