कलैया : राजेश कुशवाहा/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाराको कलैया स्थित भरतचोकमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ।
ग्रामिण गरिबी निवारण केन्द्र कलैयाको आयोजनामा दीप प्रज्वलन गरिएको हो।
केन्द्र कलैयाकी अध्यक्ष नेहा गिरीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो।
दीप प्रज्वलन कार्यक्रममा महिला अधिकारकर्मी आरती चौधरी,मिरा अधिकारी,प्रतिमा नेपाल,पूजा साह,ब्लु हेभेन नेपालका पूर्णिमा श्रेष्ठ,रोशनी थापा लगायतको सहभागिता रहेको थियो।
मंसिर १० गते देखि शुरु भएको मंसिर २५ गते सम्म सञ्चालन हुने छ।

