मन्दिरको गजुर निर्माण एवम् गुरुकुल संचालन निमित्त जीतपुरसिमरा १६ पिलुवामा श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

सन्तोष पाण्डे
237 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा विहीबारदेखी साप्ताहिक श्रीमद् तारतमसागर तथा श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ ।

उक्त महायज्ञको प्रमुख अतिथी समेत रहेका जीतपुरमिरा १६ का वडा अध्यक्ष हरीदेव खरेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै वडाअध्यक्ष वडाअध्यक्ष खरेलले यस्ता धार्मिक कार्यक्रमले समाज रुपान्तरणमा सहयोग पुग्ने बताएका छन ।

धर्म र संस्कृतिले नै समाजलाई जोड्ने भएकाले यसलाई जोगाई राख्नु हामी सवैको दायित्व रहेको उनले बताए । उनले अब विद्यालय स्तरबाटै नै धार्मिक र अध्यात्मका कुरा सिकाउन जरुरी रहेको बताउदै वडा अध्यक्ष खरेलले आफ्नै वडामा बन्न लागेको गुरुकुल निर्माणमा सम्पुर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कृष्ण प्रणामी मन्दिर संतसंग भवन पिलुवा बाराको गजुर निर्माण एवम् गुरुकुल संचालनका निमित्त उक्त महायज्ञ आयोजना गरिएको उक्त महायज्ञ उद्घाटन पुर्व विहीबार नै विहान कलश शोभा यात्रा निकालिएको थियो ।

हजारौको संख्यामा निकालिएको शोभा यात्राले वडाको विभिन्न टोलहरुको परिक्रमा मश्चात पुन महायज्ञ स्थालमा पुगेर कलश यात्रा विर्सजन गरिएको आयोजक मुल समितिका सचिव विनोद कार्कीले बताएका छन ।

महायज्ञको मुख कथा बाचक भागवतचार्य बाणी विषारद शास्त्री नविन कृष्ण ढुंगेल र कथाबाचक बाणि विषारद बुद्धि प्रकाश लुईटेल लगायतको रहनु भएको छ ।

मंसिर २६ गतेसम्म संचालन हुने सो महायज्ञमा दैनिक कार्यक्रमहरु अन्तरगत विहान ७ बजे मण्डप पुजा, विहान ८ देखी १० बजेसम्म भागवत पाठ वाचन,११ बजेदेखी देखी ३ बजेसम्म भागवत कथा प्रवचन र बेलुसा ७ बजेदेखी १० बजेसम्म महात्मा कथा,भजनकिर्तन तथा विभिन्न झाँकीहरु देखाईने आयोजक मुल समितिका अध्यक्ष चेतनाथ खरेलले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds