सिम्रैनगढ : नूर आलम बादशाह/ बाराको बरियारपुरमा संचालित पञ्चवर्षीय गढीमाई मेलामा सिम्रौनगढ़ नगरपालिकाले निशुल्क भोजन,खाजा,बाँस र स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बिहीबार एक समारोहकावीच बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा बेरुजू फर्छ्यौट समितिका अध्यक्ष अच्युत मैनालीले उक्त शिविरको विधिवत रूपमा उद्घाटन गरेका हुन।
नगरपालिकाको व्यवस्थापनमा यही मंसिर २० गतेदेखि २४ गते सम्म निशुल्क भोजन,खाजा,बाँस र स्वास्थ्य शिविरको व्यवस्थापन गरेको हो ।
हरेक पाँच बर्षमा लाग्ने गढीमाई मेलामा भक्तजहरुको सेवालाई मध्यनजर गर्दै निशुल्क भोजन,खाजा,बाँस र स्वास्थ्य शिविरको व्यवस्थापन मिलाईएको नगर प्रमुख किशोरी साह कलवारले बताएका छन ।
कार्यक्रममा बोल्दै सांसद मैनालीले सिम्रौनगढ़ नगरपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरबाट नेपालका मात्र होईन छिमेकी देश भारतका बिभिन्न राज्यहरुबाट आउने भक्तजनहरुले निःशुल्क सेवाको लाभ लिने र यसबाट अन्तर्राष्ट्रिय स्तरमा अतिथि देवो भवको एउटा राम्रो सन्देश जाने बताए ।
उदघाटन समारोहमा मैनालीका साथै उनका स्वकीय सचिव दामोदर मैनाली,नेकपा एमालेका प्रदेश कमिटी सदस्य सुनील पाल,प्रदेश सभा सदस्य राजपति जैस्वाल,नगर उपप्रमुख नजमु सेहर,वडा अध्यक्षहरु नन्द किशोर जैस्वाल,दीनदयाल मुखिया,रामएकबाल यादव,शिव मंगल प्रसाद कुशवाहा,प्रदेश सभा सदस्य प्रत्यासी बतहु यादव,स्थानीय नेताहरु शेख मोतिम,भोजेन्द्र यादव,महेन्द्र जैस्वाल,स्वास्थ्य शाखा प्रमुख लगाएत बिभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जैस्वालले गरेका थिए।

