Sajhedari Daily
Latest News from Nepal

बारामा प्रहरीमाथि गोलि चलाउने एक जना पक्राउँ

रञ्जन यादब/
सिम्रौनगढमा प्रहरीमाथि गोली चलाउँने एक जना भारतीय नागरिकलाई आज बारा प्रहरीले पक्राउँ गरेको छ ।
भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका वडा नं.बंकुल नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले जवाफी गोली फायरिङ गरेको थियो ।

जवाफी कारवाहीमा गोलि लागि मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने बर्ष २८ को बृजकिशोर कुशवाहा पाखुरामा गोली लागि घाईते भएका छन् ।

कुश्वाहाले प्रहरीमाथि चलाएको गोलि मिस भई फायर भएको थियो । प्रहरीले कुश्वाहाको साथबाट पेस्तोल एक थान , म्याग्जिनमा लोड राउण्ड ४ थान र चेम्बेरमा लोड रहेको फायर मिस भएको राउण्ड १ थान गरी गरी पाँच थान गोलि बरामद गरेको छ ।

घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।