विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा विशेष पुजा पछि दिईयो राँगा बली

संदिप प्रसाद यादव
356 पाठक संख्या

बरियारपुर : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा आईतबार राँगा बली दिइएको छ ।

गढीमाईको विशेष पुजा गरेर आईतबार ५ वटा बलीहरू राँगा,खसी,हास,सेतो मुसा र परेवाको बली दिईएपछि मात्र अन्य बली दिईएको हो । झण्डै ५ हजारको हाराहारीमा राँगाको बली दिईएको मन्दिर समितिले जनाएको छ ।

आईतवारसम्म मेलामा ७२ लाख भन्दा बढि पर्यटक तथा भक्तजनहरूले दर्शन गरि मेला अवलोकन गरेको गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन समितिका प्रवक्ता बिकाश कुमार सिंहले साझेदारी दैनिकलाई बताएका छन् ।

मन्दिर समितिले बोका बली सोमबारका लागि राखेको भएपनि अधिकांशले आईतवार नै बोका बली दिईएको छन । त्यसैगरी मेलामा १५ हजार भन्दा बढी बोका बलि दिइएको प्रवक्ता सिंहले बताए ।

मेलाको अवसरमा बाराको सदरमुकाम कलैयादेखी गढिमाई मन्दिर जाने बाटोमा शनिबारदेखि नै अवलोकनकर्ता तथा भक्तजनहरूको सवारी साधनले जाम लागेको छ।

मेलामा विभिन्न संघसंस्थाहरुले नि.शुल्क खाना,पानी,सवारी साधनको व्यवस्था,कपडा वितरण,उपचार लगायतको सेवा दिइरहेको प्रवक्ता सिंहले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds