लाखौंको काजू अनुसन्धान कार्यालय पथलैयामा

साझेदारी दैनिक
278 पाठक संख्या

कलैया : बारा प्रहरीले लाखौं रुपैयाँ पर्ने काजु आइतबार बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरी चौकी पथलैया बाराबाट खटोएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सो काजु बरामद गरेको हो।

कटारीबाट पोखरा तर्फ जादै गरेको लु.१ ख ६७२३ नम्बरको यात्रु बाहक बसमा लोड गरी लैजादै गरेको बिल बिजक नभएको एक लाख १२ हजार रुपैयाँ बराबरको ७० किलो काजु प्रहरीले नियन्त्रणमा लिएको हो।

काजुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।

Leave a review