कलैया :राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला भेला उम्मेदवारी प्रारम्भीक नामावली प्रकाशन गरिएको छ।
निर्वाचन समितिका संयोजक कामिनी चौधरीले शुक्रबार नामावली प्रकाशन गरेकी हुन्। पुस ६ गते शनिबार हुने बारा जिल्लाको जिल्ला भेलामा उम्मेदवारी परेकोले ति उम्मेदवारीको प्रारम्भीक नामावली प्रकाशन गरिएको हो।
उक्त नामावलीमा कसैको दावी विरोध वा छुट भएको भएमा मिति शुक्रबार बेलुका ०७ बजे सम्म प्रमाण सहित दावि विरोध गर्न आग्रह चौधरीले गरेकी हुन्। जस अनुसार भेलाले सभापतिमा एक जना,सचिवमा एक जना,सहसचिवमा एक जना तथा पाँच कार्यसमिति सदस्यमा दुई महिलाको अनिवार्य रुपमा चयन गर्नुपर्नेछ।
सभापति पदमा चन्दनकुमार स्वर्णकार,बसन्तप्रसाद यादव,बद्री प्रसाद अधिकारी,अजय कुमार मेहता तथा आदित्य कुमार मेहताको उम्मेदवारी परेको छ।
सहसचिव पदमा विजयशंकर साह कलवार,पवन चौधरी एवम् विक्रम प्रसाद यादवको उम्मेदवारी परेको छ।
सचिव पदमा रामहरी खरेल,सुरेन्द्र शर्मा,केदार प्रसाद तेली,भुलेन्द्र कुमार कुशवाहाको उम्मेदवारी परेको छ।
यस्तै सदस्य पदमा कृष्णकुमार गुप्ता,मुनीलाल सनही गोठी,करण कुमार कुसवाहा,विवेककुमार जयसवाल,महम्मद सेख ज्याउनहक,राजेश साह,सितल आचार्य,रिन्कु कुमारी कुशवाहा,अकवर हवारीको उम्मेदवारी परेको छ।


