एक सय सड्सठ्ठी जनाद्वारा वीरगञ्जमा रक्तदान

साझेदारी दैनिक
254 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जमा भएको कार्यक्रममा एक सय ६७ जनाले शुक्रबार रक्तदान गरेका छन् ।

छुट्टाछुट्टै दुई स्थानमा भएको कार्यक्रममा उक्त मात्रामा रगत संकलन भएको जनाइएको छ।

सिद्धार्थ बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । वीरगञ्ज स्थित सिद्धार्थ बैंकको शाखाले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा दुई जना महिला सहित ६३ जनाले रक्तदान गरेका हुन्। कार्यक्रममा ईन्द्रदेव साह,दिपम गोयल,धना आले,शिवा सिंह लगायतले रक्तदान गरेका थिए । यस्तै प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगर वीरगञ्ज द्वारा आयोजित कार्यक्रममा १०४ पोका रगत संकलन भएको थियो।

ट्रस्टको सातौं वर्षको अवसरमा रक्तदान आयोजना गरिएको थियो। रक्तदान कार्यक्रममा चार महिला सहित १०४ जना रक्तदाताहरुले आफ्नो रक्तदान गरेका थिए। रक्तदान गर्नेहरुमा प्रीती पटेल,मङगिता कुमारी,खुश्बू गुप्ता,रश्मि श्रेष्ठ,संजय दास थारु,बडेलाल चौधरी,अजय कुमार चौधरी,बिजय चौधरी थारु,देवनारायण चौधरी लगायतका रहेका थिए ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए।

Leave a review