जनता माध्यमिक बिद्यालयको ३९ औँ वार्षिकोत्सव सम्पन्न

रञ्जन यादव
408 पाठक संख्या

जीतपुर : बाराको रजघट्टा स्थित जनता माध्यमिक बिद्यालय तथा कृषि प्राबिधिक शिक्षालय रजघट्टाको बुधबार ३९ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न भएको छ ।

बिद्यालयले आफ्नो बार्षिकोत्सवको अवसर पारेर विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम हुने छात्र छात्राहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न क्षेत्रमा रहेर विद्यलायलाई सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयमा महत्त्वपूर्ण योगदान गर्नुहुने ब्याक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

विद्यालयले विभिन्न विधामा शिक्षक,विद्यार्थी,अभिभावकलाई समेत सम्मान गरेको छ। विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले विद्यालयको प्रगति,आर्थिक प्रतिवेदन तथा भाबी योजना प्रस्तुत गर्नुभएको थियो । घरमा अभिभावकले आफ्ना नानिबाबुहरु कस्तो पढ्दै छन् के गर्दै छन्, भनेर सोधपुछ गर्नुपर्ने बताउनुभएको छ।

जनता माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सबको अवसर पारेर उत्कृष्ट विद्यार्थी सम्मान बाट कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने पारस दोर्जे र कृषि डिपलोमा तर्फ उत्कृष्ट नतिजा ल्याउने हरिओम यादवलाई सम्मान गरेको थियो । उनीहरुलाई मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले सम्मान गरेका थिए।

त्यस्तै जीतपुरमा रहेको पण्डित कपडा पसलले जनता माध्यमिक विद्यालय रजघट्टा बारामा अध्यनरत रहेका दृष्टिबिहिन विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेको छ।

शिक्षक अभिभावक संघका संयोजक रुद्र प्रसाद न्यौपानेले विद्यालयको तर्फबाट स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षक बरुन गौतम र भवन खडकाले गर्नु भएको थियो ।

Leave a review

This will close in 0 seconds