नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट हस्तान्तरण

रञ्जन यादव
284 पाठक संख्या

जीतपुर : बाराको सिमरा स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट बितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गरेको संस्थाले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई ब्लाङ्केट हस्तान्तरण गरिएको थियो ।

सिमरा महिला सहकारीले प्रत्येक वर्ष अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गर्दै आएको छ । संस्थाले हस्तान्तरण गरेको उक्त ब्लाङ्केट नगर अस्पतालमा जन्म लिने नवजात शिशुका लागि वितरण गरिनेछ ।

सोही कार्यक्रममा नगर अस्पतालमा जन्मिएको शिशुलाई ब्लाङ्केट ओढाइएको थियो भने सुत्केरी महिलालाई अण्डा, हर्लिक्स वितरण गरिएको थियो ।संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष अनिता लम्साल अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण सचिव गिता शर्माले गरेकी थिईन ।

Leave a review

This will close in 0 seconds