राष्ट्रिय थारु कलाकार मंच बाराको प्रथम बार्षिक साधारणसभा बकुलिया क्याम्पसमा सम्पन्न

साझेदारी दैनिक
226 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ राष्ट्रिय थारु कलाकार मंच बाराको प्रथम बार्षिक साधारण सभा शनिबार एक कार्यक्रमको बिच बाराको बकुलियामा सम्पन्न भएको छ ।

मंचका जिल्ला अध्यक्ष जयप्रकाश चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय थारु कलाकार मंचका केन्द्रिय उपाध्यक्ष लक्ष्मीकान्त प्यारेलाल चौधरीले गमलामा पानी हालेर साधारणसभालाई उदघाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा जितपुरसिमरा ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी,लोक दोहरी प्रतिष्ठान काठमाडौका संचालक देवेन्द्र कार्की,थारु महिला सभा अध्यक्ष माया चौधरी,नागरिक उन्मुक्ति पार्टी बाराका जिल्ला अध्यक्ष रामसुन्दर चौधरी,बारा जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी समेत रहनु भएका प्यारेलाल चौधरीले यस जिल्लामा रहेका पौराणिक तथा आधुनिक थारु गीतहरुलाइ जगेर्ना गर्ने र जिल्लामा रहेका थारु कलाकारहरुलाइ राष्ट्रिय स्तरसम्म पुर्याउने यस मञ्चको उदेश्य रहेको बताएका छन ।

कार्यक्रममा बार्षिक प्रगति विवरण मंचका अध्यक्ष जयप्रकाश चौधरी र आर्थिक प्रतिवेदन भुवन चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

प्रथम बार्षिक साधारणमा यस जिल्ला भरिका थारु कलाकारहरुले आ -आफ्नो प्रस्तुती प्रस्तुत गरेको थिए। अभिनाश चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य श्यामकिशोर चौधरीले गर्नु भएको थियो।

Leave a review