माधव नारायणका नगरप्रमुखद्वारा गरियो वितरण विद्यार्थीलाई शैक्षिक सामग्री र गर्भवतिलाई न्यानो कपडा

साझेदारी दैनिक
643 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव / रौतहटको माधवनारायण नगरपालिकाका बाढीबाट प्रभावित भएका विद्यालयका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमविच विद्यालय शैक्षिक सामग्री वितरण गरिएको छ।

गत साउनमा अविरल वर्षासंग आएको बाढीले प्रभावित भएका माधवनारायण नगरपालिका –६ माधोपुर वडा नं ८ रजवडा र वडा नं ९ गढोमा रहेको सामुदायिक विद्यालयका हजारौं विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले सो शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। वल्र्ड भिजन र आरडीसी नेपालले उक्त सामाग्री उपलब्ध गराएको हो।

माध्यमिक विद्यालय माधोपुरका आठ सय १७,माध्यमिक विद्यालय रजवडाका ३ सय र माध्यमिक विद्यालय गढीका १ सय ५० गरी १ हजार २ सय ६७ जना बाल बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले साझेदारी दैनिकलाई बताए।

प्रत्येक बालबालिकालाई एक एक थान स्कूल ब्याग,कापी १२ वटा,कलम १० वटा लगायतका सामग्री उपलब्ध गराएको उनले बताए।

शैक्षिक सामग्री वितरणले विद्यालयको पहुंच भन्दा बाहिर रहेका बालबालिका विद्यालय आउने तथा विद्यालय आइरहेका बालबालिका पढाइ प्रति अझै आकर्षित हुने उद्देश्यले सो शैक्षिक सामग्री उपलब्ध गराएको हो।

त्यस्तै मेयर यादवले माधव नारायण नगरपालिका –८ पिप्रा रजवडाकी ८५ जना गर्भवती महिलालाई स्वास्थ्य,खाद्यान्न र न्यानो कपडा वितरण गरेका हुन्।

मेयर यादवले अति गरिव तथा विपन्न परिवारका गर्भवती महिलाहरुलाई अहिले बढ्दै गरेको चिसोबाट जोगाउन प्रति महिला एक एक थान ओढने सिरक,खाद्यान्न र विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्।

Leave a review

This will close in 0 seconds