मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

साझेदारी डेलि
105 पाठक संख्या

बारा । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन्।

यादवलाई शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री पदमा नियुक्त गरिएको थियो।

बहुमतको सरकार गठनका लागि तोकिएको समयसीमाभित्र कुनै पनि दाबी नपरेपछि प्रदेश प्रमुखले ठुलो दलको नेताका रूपमा उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

शपथ ग्रहणसँगै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेश सरकारको कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढाएका छन्।

Leave a review